दमौली, पुस १९
पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । बिरगंन्जबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नंम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको उद्वार गरी विभिन्न अस्पतालमा उपचार भैरहेको छ । चालक कास्कीको अन्नपुर्ण गाउँपालिका–६ लुम्लेका ३४ बर्षीय अन्तिम सुनार र सहचालक शुक्लागण्डकी–६ खैरेनीटार निवासी ३२ बर्षीय सागर श्रेष्ठको गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको तनहुँको जिपी कोईराला श्वास प्रश्वास उपचार केन्द्र शुक्लागन्डकी र पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १७ जनाको मध्यम र चौध जनाको १४ जनाको अवस्था सामान्य रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घट्नाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।
घाइते मध्ये म्याग्दे गापा– ३ बस्ने बर्ष ६० का जुक्त बहादुर प्रधानको मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको छ ।
त्यस्तै जिपि कोईराला श्वास प्रश्वास उपचार केन्द्र अस्पतालमा उपचार भईरहेका घाईतेहरुमा भारत घर भई हाल कास्की पोखरा मनपा–५ पस्र्याङका २२ बर्षिय राजकुमार पण्डित, भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–१५ भेडीफारम बस्ने ५० बर्षिय कमरुल मुस्लिमm भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–२६ अर्घौचोक बस्ने ३० बर्षिय सक्रण चौधरी, भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २६ अर्घौचोक बस्ने ३५ बर्षिय पप्पु मिया, भारत घर भई जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत पोखरा बस्ने २५ बर्षिय मोहमद आरस रहेका छन् ।
त्यसैगरि भारत घर भई जिल्ला कास्की पोखरा महानगरपालिका–४ बस्ने ३० बर्षिय रामकिसोर पटेल, भारत घर भई जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत रानिपौवा बस्ने ३४ बर्षिय नौसाद आलम, भारत घर भई जिल्ला कास्की पोखरा महानगरपालिका–१३ मियापाटन बस्ने ३४ बर्षिय मौसिद आलम, भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–५ जिरो किमि बस्ने ४० बर्षिय करुण सेख सोही ठाउँका ३५ बर्षिय थरजन गैठी, २० बर्षिय ईरसाद गैठी र भारत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने २० बर्षिय साहादेब साहको पनि मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको छ ।
त्यस्तैगरि पर्सा बहुदरमाई नगरपालिका–८ घर भई हाल कास्की पोखरा महानगरपालिका–४ शिद्धार्थचोक बस्ने २९ बर्षिय राम निवास साह, सोही ठाउँका २९ बर्षिय बिजेष पटेल, पर्सा धोबिनी गाउँपालिका–५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–९ न्युरोड बस्ने १७ बर्षिय सम्साद आलम, पर्सा कालिकामाई गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–७ मासबार बस्ने २३ बर्षिय जितेस यादव, पर्सा धोबिनी गाउँपालिका–५ घर भई हाल कास्की पोखरा महानगरपालिका–९ न्युरोड बस्ने १७ बर्षिय रुकदास आलम, सोही ठाउँका २० बर्षिय नौसाद अनसारी, सोही ठाउँका १० बर्षिय अबलेस अन्सारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै पर्सा पोखरीया नगरपालिका–३ का २९ बर्षिय मनिल चौरासिया, सोही ठाउँका १२ बर्षिया जफरान अनसरी, १२ बर्षिया जस्मीन अन्सरी, १३ बर्षिया मरीमाया खातुन, सर्लाही गोडैटा नपा–११ घर भई हाल कास्की पोखरा महानगरपालिका बस्ने ५३ बर्षिय कृष्ण देब, पर्सा छिपहरमाई गाउँपालिका–३ का ४० बर्षिय गोपिलाल मुखिया बिन, सोही ठाउँका २९ बर्षिय बिललाल महतो, पर्सा कोतवरीया गाउँपालिका–९ का २३ बर्षिय सरोज कुमार, भारत घर भई हाल कास्की पोखरा महानगरपालिका–५ जिरो किमि बस्ने २३ बर्षिय राजु साह र भारत घर भई हाल कास्की पोखरा महानगरपालिका–५ जिरो कि.मि बस्ने १५ बर्षिय सिद्धि उमरको पनि मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको छ ।