देवघाट वडा नम्बर ४ को १३० घरमा पहिलो पटक बिजुली

Devghat Online

शेयर गरौ

देवघाट पुस १९

देवघाट गाउँपालिकाको वडा नम्बर ४ को १३० घरधुरीमा पहिलो पटक बिजुलीबत्ती पुगेको छ । सो वडाको ३ वटा टोलको उक्त घरधुरीमा बुधबार पहिलोपटक बिजुलीबत्ती बलेको छ । ढड्डाघारी ज्यामिरे, काफलस्वरा टोल, काफलडाँडा टोल डुडेडाँडा वापस बासपानी बसेनी टोलका उक्त घरधुरीमा भरतपुर वितरण केन्द्र आँपटारी सवस्टेशन मार्फत बिजुली बत्ती जडान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ्गले जानकारी दिए ।

बिजुलीकोलागि मिटरबक्स र प्राविधिक भने आवुँखैरेनी सवस्टेशनले उपलब्ध गराएका थियो । नेपाल विधुत प्राधिकरण आँबु उप–वितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा बुधबार ति घरधुरीमा विद्युत आपुर्ति सुचारु ग्रिएको थियो ।

करिब चार÷पाँच वर्ष अघि नै उक्त गाउँमा बिजुली जडानकोलागि ठेक्का सम्झौता भएपनि ठेकेदारको लापरवाहीको कारण बिचमा काम रोखिएको थियो । ‘म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडी बढाउन पहल गरें’ वडा अध्यक्ष गुरुङले भने ‘धेरैपटक भरतपुर धाँए, आफै सामान बोकेर ल्याएँ’ । त्यसैको प्रतिफल स्वरुप गाउँमा पहिलोपटक बिजुलीबत्ती बलेको वडा अध्यक्ष गुरुङले बताए । विगतका जनप्रतिनिधिले चासो देखाएको भए आज भन्दा तिन÷चार वर्ष अघि नै बत्ती बल्नु पर्ने उनको भनाई छ ।

उक्त विद्युतीकरणको लागि भरतपुर विद्युत वितरण केन्द्र आँपटारी सवस्टेशन मार्फत काफडाँडामा एक सय र ढड्डाघारीमा २५ केभिएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको छ । उक्त ट्रान्सफर्मर माफर्त हाल १३० घरधुरी लाभान्वित भएका छन् । यस अघि विद्युत नपुग्दा गाउँलेहरु सोलार मार्फत बत्ती बाल्ने र मोवाईल चार्ज मात्रै गर्न पाउँथे, त्यो पनि घाम नलागेको बेलामा सम्भव थिएन । उक्त वडाको सिन्चाङमा आज भन्दा १५ वर्ष अघि नै बिजुली पुगेपनि सोही वडाको अन्य गाउँहरु अन्धकारमा बस्नुपर्दा आफुलाई नमजा लागेको भन्दै वडा अध्यक्ष गुरुङले भने ‘मेरो पहिलो प्राथमिकता सबै घरधुरीमा बत्ती बाल्ने थियो, त्यो क्रमश पुरा हुँदैछ ।’

अझै सोही वडाको पारलाझ्ग, चारघरे, भुवनवस्थी र अग्रीडाँडाका करिब सय घरधुरीमा बत्ती बाल्न बाँकी नै रहेको गुरुङले बताए । त्यसकोलागि सराङघाट सवस्टेशन मार्फत दुई साता भित्रैमा एक सय केभीको ट्रान्सफर्मर जडान गर्ने र ति घरधुरीमा बत्ती बालिने उनले जानकारी दिए ।

पहिलो पटक बिजुली पुग्दा गाउँलेहरु निकै खुसी भएको वडा अध्यक्ष गुरुङ्गले बताए । ‘मेरो घर पनि अहिलेसम्म अन्धकारमा थियो’ उनले भने ‘पहिलो पटक बिजुली पुग्दा बृद्ध बुवा आमा र बालबालिकाहरु निकै खुसी भए ।’ बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्य चौकीको भवनबाट सन्चालन हुँदै आएकोमा अव चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनमा वडा कार्यालय सारिने गुरुङले बताए ।

वडा कार्यालयको भवन निर्माण भईसकेको र त्यसमा बिजुली बत्ती पनि जडान भईसकेको भन्दै उनले अव चाँडै इन्टरनेट समेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको