नेपाल र भारतबीच दीर्घकालिन विद्युत व्यापार सम्झौता

शेयर गरौ

काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जासचिव गोपाल सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जासचिव पङ्कज अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सिंहदरबारमा सम्पन्न हस्ताक्षर नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएको बेला यो सम्झौता भएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएको बेला १० बर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सहमति भएको थियो ।

सोही सम्झौताअनुसार आज नेपाल र भारतबीच दीर्घकालिन विद्युत व्यापार सम्झौता भएको हो । यद्यपि भारतले आफूले लगानी गरेका जलविद्युत आयोजनाको मात्रै विद्युत लैजान यस खालको सम्झौता गरेको भन्दै धेरैले भारतीय नीतिप्रति असन्तुष्टि जनाउँदै आएका छन् । चिनियाँ लगानी तथा चिनियाँ निर्माण कम्पनीले निर्माण गरेका जलविद्युत आयोजनाको कुनै पनि विजुली नकिन्ने नीति लिएको भारतले नेपाली लगानीकर्ताले बनाएको बिजुली पनि निकै सस्तोमा मात्रै लैजान खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय