सन्दीपबारे क्यानले पुस २५ को फैसलापछि निर्णय लिने

शेयर गरौ

काठमाडौं,१९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा दोषी ठहर भएका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेबारे तत्काल कुनैपनि निर्णय नलिने भएको छ ।

क्यानले सन् २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गर्न आयोजित कार्यक्रमामा क्यानका सचिव पारश खड्काले पुस २५ गते हुने सन्दीपको सजाय निर्धारणको फैसलापछि मात्र क्यानले निर्णय लिने जानकारी गराएका छन् ।

क्यान सचिव खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने र नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’,पारसले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल