देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा मिश्र

Devghat Online

शेयर गरौ

देवघाट, पुस २३

देवघाट गाउँपालिका–५ स्थित देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शालिग्राम मिश्र चयय भएका छन् । उपभोक्ता समितिको सोमबार सम्पन्न सातौं अधिवेशनबाट पुनः मिश्रको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षहरुमा सावित्री न्यौपाने र राधादेवी खनाल, सचिवमा प्रवीण कार्की र कोषाध्यक्षमा अर्जुन अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश ब. थापा, अनिल मिश्र, प्रदीपशाली घिमिरे, रामहरि पुडासैनी, श्रीकृष्ण पण्डित र विष्णु प्रसाद पौडेल चयन भएका छन् ।

सो अधिवेशनको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष कुँवरले देवघाटमा रहेका सबै खानेपानी उपभोक्ता समितिहरुले उपभोक्ताहरुलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्नु पर्ने बताए । पानीको शुद्धता र गुणस्तरियतामा ध्यान दिनु पर्ने उनको भनाई थियो ।

देवघाट–५ मा रहेका सबै खानेपानी उपभोक्ता समितिलाई एकिकरण गरि एउटै समिति बनाई पानीको पर्याप्तता र एकद्वार प्रणाली मार्फत पानी वितरणको व्यवस्था मिलाउनु पर्ने वडा अध्यक्ष कुँवरले बताए ।

देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा देवघाट–५ का ७७३ घरधुरी उपभोक्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा