नागढुंगा–मुग्लिन सडक विस्तारको काम एक वर्षमा ५ प्रतिशत मात्रै

शेयर गरौ

काठमाडौं :माघ ४

नागढुङ्गा–मुग्लिन सडक विस्तारको काम अत्यन्त सुस्त गतिमा भइरहेको छ। विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो ।

१ वर्षमा १५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उक्त विस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसँग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो ।

उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । उक्त सडक खण्डको मलेखुदेखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भइरहेको इन्जिनियर आचार्यले बताए।

उक्त सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिनसम्म ३९ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडक दुई लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो । उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।