बन्दिपुर गाउँपालिकाद्वारा डुम्रे बजारका पसलहरुमा अनुगमन

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ ४

बन्दिपुर गाउँपालिकाले कालोबजारी नियन्त्रण, म्याद गुज्रेका सामग्रीहरुको बिक्री वितरणमा रोक लगाउने तथा उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले वडा नम्बर १ को डुम्रे बजारमा रहेका पसलहरुको अनुगमन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष पन्चमाया गुरुङको नेतृत्वमा भएको अनुगमनमा वडा नम्बर १ र वडा नम्बर ४ का जनप्रतिनिधिहरु, गाउँपालिकाको राजस्व शाखा प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष, लगायत गाउँपालिकाका कर्मचारीहरु तथा सरोकारवालाहरुको सहभागितामा रहेको थियो ।

सो अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ पाईएकाले उक्त म्याद नाघेका खाद्य बस्तु तथा पेय पदार्थहरु जफत गरी नष्ट गरिनुका साथै व्यापारीहरुलाई म्याद गुज्रेका सामग्रीहरु बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

साथै कालोबजारी तथा म्याद गुज्रेका सामग्रीहरुको बिक्री वितरण गरेमा हुने सजायको बारेमा व्यवसायीहरुलाई जानकारी गराउँदै उपभोक्ताहलाई उपभोक्ता अधिकारका विषयमा पनि जानकारी दिईएको बन्दिपुर गाउँपालिकाका नासु भगवान त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को