सत्ता पक्षीय उम्मेदबारहरुद्वारा तनहुँका मतदातासँग भेटघाट

Devghat Online

शेयर गरौ

दमौली, माघ ४

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत गन्डकी प्रदेशका सत्तापक्षका उम्मेदबारहरुले विहिबार तनहुँका मतदातालाई भेट गरेका छन् ।

नेपाली काँग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रमा सत्तापक्षका उम्मेदबारहरु किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदम परियारले राष्ट्रिय सभाको निर्वाचनमा आफुहरुलाई मतदान गर्न तनहुँका मतदाता समक्ष अनुरोध गरेका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् । तनहुँमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २० जना तथा प्रदेश सांसदहरु ४ जना मतदाता रहेका छन् ।

सो कार्यक्रममा सत्ता गठबन्धनका दलहरुबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को