शहिदहरुको सम्झनामा देवघाटमा दिप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

शहिद दिवसको अवसरमा देवघाटधाम जेसिज तथा लियो क्लव अफ देवघाट चौतारीले मंगलबार देवघाट गाउँपालिका परिसरमा दिप प्रज्वलन गरेको छ ।

अमर शहिदको सम्झनामा दिप प्रज्वलन गरिएको देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले बताए । दिप प्रज्वलन कार्यक्रममा जेसिजका पदाधिकारीहरु, लियो क्लवका पदाधिकारीहरु, गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी तथा अन्य सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता पुर्णबहादुर कुँवर, देवघाटधाम जेसिजका महासचिव प्रशन्न ढकाल लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले