शहिदहरुको सम्झनामा देवघाटमा दिप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १६

शहिद दिवसको अवसरमा देवघाटधाम जेसिज तथा लियो क्लव अफ देवघाट चौतारीले मंगलबार देवघाट गाउँपालिका परिसरमा दिप प्रज्वलन गरेको छ ।

अमर शहिदको सम्झनामा दिप प्रज्वलन गरिएको देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले बताए । दिप प्रज्वलन कार्यक्रममा जेसिजका पदाधिकारीहरु, लियो क्लवका पदाधिकारीहरु, गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी तथा अन्य सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता पुर्णबहादुर कुँवर, देवघाटधाम जेसिजका महासचिव प्रशन्न ढकाल लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को