आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने

शेयर गरौ

तनहुँ, माघ १७

तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई रोजगारीको अवसरमा दिने मूख्य उद्देश्यले लगानी सम्मेलन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

जलविद्युत्, कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतमा लगानी गरी रोजगारीको अवसरमा ल्याउन लगानी सम्मेलन गर्न लागिएको अध्यक्ष चुमानले जानकारी दिए । उक्त लगानी सम्मेलन आगामी चैतमा गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको समन्वयमा उक्त लगानी सम्मेलन हुने अध्यक्ष चुमानले जानकारी दिए ।

लगानीकर्तालाई गाउँपालिकामा लगानीको अवसरलाई नजिकबाट चिनाउने मुख्य उद्देश्यसहित कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, प्रविधि तथा विविध क्षेत्रको परियोजना सञ्चालन गर्न लगानी सम्मेलनले मद्दत पुग्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका लगानीकर्तालाई गाउँपालिकामा भित्र्याएर लगानी गर्ने वातावरण सिर्जना गर्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य हुने अध्यक्ष चुमानले बताए ।

आर्थिक विकासका लागि ठुलो मात्रामा लगानी आवश्यक भएकोले सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । शर्माका अनुसार ठुला लगानीकर्ता, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू, स्वदेशी लगानीकर्ता, विज्ञ र सरोकारवालालाई आमन्त्रित गरी पालिकामा लगानीको लागि आग्रह गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष