देवघाट, फागुन २
चितवन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बुधबार पवित्र धार्मिक स्थल देवघाटधाम आए ।
पुर्व राजा शाह कालिगन्डकी र त्रिशुलीको संगम वेणीमा स्नानको लागि आएका थिए ।
चितवनको पटिहानीबाट गाडीमा आपँटारी हुँदै देवघाट आएका पुर्व राजा शाहको परिवार डुङ्गामा त्रिशुली नदी पार गरेर तनहुँ तर्फको वेणी संगममा आइ स्नान गरेका थिए । पुर्व राजपरिवार तथा सुरक्षाकर्मीकोलागि चारवटा डुङ्गाको व्यवस्थापन गरिएको थियो ।
वेणीसंगममा पुर्व राजपरिवारलाई वेणीसंगममा पुर्व राजपरिवारलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको नेतृत्वमा करिब २ सयको संख्यामा रहेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
पुर्व राजा आईतबार चितवनको भरतपुर आएका थिए । पूर्वराजा दुई साता चितवनमा रहनेछन् । पूर्वराजाको परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।