भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ: प्रधानमन्त्री दाहाल

Devghat Online

शेयर गरौ

भरतपुर, फागुन १८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको प्रधानमन्त्री दाहालले बताए ।

संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उनले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । भरतपुर आँखा अस्पतालको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले विसं २०४४ मा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यमा बजेट कम भएका कारण सोचेअनुसार काम हुन नसकेको भन्दै स्वास्थ्य र शिक्षामा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले आँखा अस्पतालमा विगतमा झै आगामी दिनमा पनि पाकिस्तानी सरकारले सहकार्य गर्दै जाने बताए । अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले