ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा हुस्लाङमा

Devghat Online

शेयर गरौ

बन्दिपुर, फागुन १८

ग्लोबल आईएमई बैंक लिमिटेडले बन्दीपुर शाखा अन्तर्गत बन्दीपुर गाउँपालिका वडा नं ६ स्थित धरमपानी हुस्लाङ हटियामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

शाखा रहित बैंकिङ सेवाको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र ग्लोबल आईएमई बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रदेश प्रबन्धक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरे।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ यस्तै अतिथिहरुमा गाउँपालिका वडा नं ४ का अध्यक्ष दान बहादुर थापा वडा नं ६ का अध्यक्ष बलबहादुर गुरुङ, इलाका प्रहरी कार्यलय बन्दीपुरका प्रहरी निरिक्षक कमल पोख्रेल, ग्लोबल आईएमई बैंक लिमिटेडले बन्दीपुर शाखा प्रबन्धक शोभित श्रेष्ठ लगायत कर्मचारी, पत्रकार सहित स्थानियको उपस्थिति रहेको थियो।

यसैगरी बैंकले बन्दिपुर-६ को सराङघाटबाट पनि आईतवारबाट शाखा रहित सेवा सन्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले