रोटर्याक्ट क्लवको सचिन स्मृति दौडको उपाधि यादवलाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन १९

रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् ।

शनिबार व्यास नगरपालिका–३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका–१४ छाब्दी मन्दिरसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा उक्त दूरी २८ मिनेट २९ सेकेण्डमा पार गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय भएका छन् । त्यस्तै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भएका छन् । उनले उक्त दूरी २९ मिनेट १८ सेकेण्डमा पूरा गरेका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु ८ हजार नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए । उनीहरुले नगदसहित प्रमाणपत्र र मेडल समेत पाएका छन् ।

यस्तै महिला तर्फ चेतना कटुवाल प्रथम भएकी छिन । उनले २ हजार नगद सहित, मेडल र प्रमाणपत्र प्राप्त गरिन । यस्तै बाल धावक तर्फ ११ वार्षिय कृतिक घर्ति र विवेक रानाभाट पुरस्कृत भएका छन् । उनीहरुले नगद एक–एक हजार र प्रमाणपत्र पाएका छन् ।

सो प्रतियोगितामा कुल ८२ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक यम बतासले जानकारी दिए । जसमा ६६ जना पुरुष र १६ जना महिला सहभागी थिए । साथै उनीहरु मध्ये १० जना विदेशी समेत रहेको संयोजक बतासले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकुदको क्षेत्रमा युवाहरु जोडिएर कार्यक्रम गर्नु प्रसंशनीय कार्य भएको बताए ।
यस्तै समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खेलकुदको माध्यमबाट पर्यटन प्रवधनमा समेत टेवा पुग्ने बताए ।

क्लबका संस्थापक सह–सचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवको कार्यक्रममा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा श्रेष्ठको बस दुर्घटनामा परी मृत्यु भएको थियो । क्लबले उनै सचिनको सम्झनामा देशव्यापी रक्तदान कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले