कामना सेवा विकास बैंकद्वारा बित्तिय साक्षरता कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

भरतपुर, फागुन १९

कामना सेवा विकास बैक नारायणगढ क्षेत्र अन्तर्गत पर्ने दुई शाखा खैरहनी पर्सा र बेल्डिहा द्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय पहुँचबाट बाहिर रहेका बिभिन्न शैक्षिक संस्था पहिचान गरी एकसाथ बित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ ।

कार्यक्रममा रत्नराज्यलक्ष्मी माध्यमिक विधालय पितौजी नवलपरासी (ब.सु.पु) र वीरेन्द्र आदर्श माध्यमिक विधालय विरेन्द्रनगर चितवनका ११ र १२ कक्षामा अध्यानरत छात्र र छात्रा हरुलाई सयुक्त रुपमा बित्तिय साक्षरता कार्यक्रम तथा विधालयलाई डस्टविन बाडिएको थियो ।

जसमा विधार्थीहरुलाई बचत, कर्जा, रेमिटयान्स, डिजिटल बैकिङ, अतिरिक्त बैकिङ सेवाहरु, वित्तिय ठगी र वित्तिय अनुशासन सम्बन्धी बिषयवस्तुमा जानकारी गराईएको थियो । कार्यक्रम सन्चालन खैरहनी पर्सा शाखाको प्रमुख बिन्दु सिन्जाली मगर र बेल्डिहा शाखा प्रमुख सुवास सापकोटाद्वारा गराईएको थियो ।

बैकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथमार्फत अत्याधुनिक बैकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग