जनयुद्धको जगमा स्थापना भएको गणतन्त्र र संघियता रक्षा गर्नु मुख्य चुनौतीः माओवादी महासचिव गुरुङ

Devghat Online

शेयर गरौ

पुर्वमन्त्री कोईरालाको पुस्तक ‘अमरगाथा’ विमोचन

दमौली, फागुन १९

नेकपा माओवादी केन्द्रका महासविच देवप्रसाद गुरुङले जनयुद्धको जगमा देशमा गणतन्त्र र संघीयता स्थापन भएको हुँदा यसको रक्षा गर्नु मुख्य चुनौती भएको बताएका छन् । जनयुद्ध अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पुर्व मन्त्री आशा कोइरालाद्वारा लिखित ‘अमरगाथा’ पुस्तकको विमोचन तथा शहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन कार्यक्रमलाई शनिबार दमौलीमा सम्बोधन गर्दै महासचिव गुरुङले जनयुद्धको जगमा प्राप्त भएको उपलब्धी उल्ट्याउन विभिन्न षड्यन्त्रहरु भईरहेको भन्दै त्यसलाई परास्त गर्नु पर्ने बताए ।

गणतन्त्र, संघीयता तथा समानुपातिक जस्ता उपलब्धी उल्ट्याई पुनः राजतन्त्र स्थापना गर्ने षड्यन्त्रहरु रचिन थालेको हुँदा त्यसलाई सफल हुन नदिन गणतन्त्रबादीहरु तथा परिवर्तनकारी शक्तिहरु एकजुट हुनु पर्ने गुरुङको भनाई थियो । मुलुकमा आउन सक्ने चुनौतीको समाधान गर्न सबै शक्तिहरु एकजुट हुनु पर्ने उनको भनाई थियो ।

महासचिव गुरुङले माओवादीको नेतृत्वमा सरकार समृद्धीको बाटोमा हिडिरहेको बताए । प्रधानमन्त्री प्रचण्डको कुशल नेतृत्वमा देश विकास र समृद्धिको बाटोमा हिडेको हुँदा वर्तमान सरकारलाई सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश सरकारका पुर्वमन्त्री एवं संसदीय दलका नेता हरिबहादुर चुमान, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, जिल्ला सचिव शुक्र चुमान, शहिद परिवारका रामबहादुर थापा, बेपत्ता परिवारका रोहितकुमार पन्त लगायतले मन्तव्य राखेका थिए । पुस्तकको दिलिपकुमार श्रेष्ठ र भिम रानाभाटले परिचर्चा गरेका थिए ।

उक्त पुस्तकमा जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने योद्धाहरु तथा वेपत्ता पारिएका व्यक्तिहरुको बारेमा उल्लेख गरिएको छ भने जनयुद्धको क्रममा गाथाहरु बर्णन गरिएको पुस्तककी लेखक तथा जनयुद्ध अध्ययन प्रतिष्ठानकी अध्यक्ष कोईरालाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले