दमौली संगम क्लवको वार्षिक साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन १९

दमौली संगम क्लवको वार्षिका साधारणसभा शनिबार व्यास नपा–५ स्थित मानुङकोट रिर्साेटको सभाकक्षमा सम्पन्न भयो । क्लवका संरक्षक एवं अध्ष्क्ष नरेन्द्रराज वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको व्यास नपा वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा क्लवका संरक्षक ९२ बर्षिय जेष्ठ नागरिक मेखबहादुर गुरुङ, ऋषिङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिमान राना मगर, समाजसेवी हरिराज कंडेल, चन्द्रज्योती मावि घिरिंङका निमित्त प्रअ जनक सिग्देल, सिद्धार्थ मावि भिमाद शिअसंघका अध्यक्ष दामोदर लम्साल, राधा मावि जामुनेका विव्यस अधयक्ष छविलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा क्लवका संरक्षक ९२ बर्षिय जेष्ठ नागरिक मेखबहादुर गुरुङ, क्लवका जेष्ठ सदस्यद्वय थायीमाया महत र निलबहादुर आलेलाई पनि दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

सो कार्यक्रमको सन्चालन क्लवकी सचिव गिता हमालले गर्दै क्लवको वार्षिक प्रतिबेदन, प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । साथै कोषाध्यक्ष विष्णुमाया खत्रीले गत दुई आर्थिक वर्षको आर्थिक प्रतिबेदन तथा चालु आर्थिक वर्षको हालसम्को आम्दानी खर्च विवरण पनि प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा क्लवका संरक्षक तथा अध्यक्ष वाग्लेले भावी कार्यक्रम र कार्यदिशा प्रस्तुत गरेका थिए । अध्यक्ष वाग्लेद्वारा प्रस्तुत भावी कार्यक्रममा जिल्लाका १० वटै पालिकामा दमौली संगम क्लवको पालिका स्तरीय कमिटि विस्तार गरिने रहेको छ । पालिका स्तरको शाखामा ३० बर्ष उमेर मुनीका युवाहरुलाई मात्र क्लवको सदस्य बनाईने योजना रहेको छ । त्यसैगरि प्रावि स्तर सामुदायिक विद्यालयमा पनि अक्षयकोष स्थापना गरिने तथा जेष्ठ नागरिक अक्षयकोष पनि स्थापना गरिने भावि कार्यक्रमहरु रहेको सचिव हमालले बताईन् ।

साथै दमौली संगम क्लव स्मारिका पनि स्थापना गरिने भएको छ । दमौली संगम क्लवले हाल जिल्लाका १० वटै पालिकाका १७ वटा सामुदायिक विद्यालयमा जनही एक लाख ५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरि छात्रबृत्ति वितरण गर्दै आएको छ । सो साधारणसभामा उक्त १७ वटै विद्यालयको प्रअ, शिअसंघका अध्यक्ष तथा विव्यस अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका