प्रचण्डको प्रश्नः मैले दुई पटक देउवालाई प्रधानमन्त्री बनाएँ, तर तपाईंले दिएको बचन के गर्नुभयो ?

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसभित्रको एकताको कारक बन्न पाएकोमा खुसी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठक आफुमाथि विश्वासको मतको प्रूस्ताव गर्दै प्रधानमन्त्रीले भने, कांग्रेसभित्र राम्रो एकता हुँदैछ । प्रचण्डका कारणले तपाईंहरूको युद्धविराम हुँदैछ । यसलाई स्थायी गर्दै कांग्रेसलाई एकीकृत गर्ने संकल्पमा बदल्नुहोला म खुसी नै छु । तपाईंहरूको जोडबल मलाई भिलेन बनाउनतिर छ । तर, विगतमा कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु । तर, माओवादीको समर्थनमा कांग्रेस सभापति देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ नबिर्सिनुहोला ।’

उनले प्रचण्डलाई कांग्रेसले आरोप लगाउन सजिलो नभएको उनको भनाइ छ ।

उनले थपे, ‘मैले राजनीतिक सहमति पूर्ण पालना गर्दै कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरेको थिए । तर, कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको बचनमा के गर्‍यो रु आफैं छातीमा हात राखेर विचार गर्नुहोला । मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सिनुहोला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय