म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन बैशाख ३ गते राष्ट्रपतीले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, चैत ७

म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आगामी बैशाख ३ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ स्थित नारङ्गेमा निर्माण गरिएको सो भवनको निर्माण कार्य पुरा भएको गाउँपालिकाले जनाएको छ ।

उक्त भवन उद्घाटनसँगै कार्यालय सन्चालनको तयारी पनि गरिएको छ । सो को प्रयोजनकोलागि आगामी बैशाख २ र ३ गते म्याग्दे गाउँपालिकामा सार्वजानिक बिदा दिने निर्णय हालै बसेको कार्यपालिकाको बैठकले गरेको छ ।

नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरि हालको कार्यालयमा रहेका जिन्सी सामाग्री, विद्युतीय सामाग्री तथा विभिन्न श्रेस्ता कागजातहरु सार्नु पर्ने तथा फर्निचर सहित विद्युतीय उपकरणहरु नयाँ सेटिङ गर्नुपर्ने भएकोले बैशाख २ र ३ गते गाउँकार्यपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा सार्वजानिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय