म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन बैशाख ३ गते राष्ट्रपतीले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, चैत ७

म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आगामी बैशाख ३ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ स्थित नारङ्गेमा निर्माण गरिएको सो भवनको निर्माण कार्य पुरा भएको गाउँपालिकाले जनाएको छ ।

उक्त भवन उद्घाटनसँगै कार्यालय सन्चालनको तयारी पनि गरिएको छ । सो को प्रयोजनकोलागि आगामी बैशाख २ र ३ गते म्याग्दे गाउँपालिकामा सार्वजानिक बिदा दिने निर्णय हालै बसेको कार्यपालिकाको बैठकले गरेको छ ।

नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरि हालको कार्यालयमा रहेका जिन्सी सामाग्री, विद्युतीय सामाग्री तथा विभिन्न श्रेस्ता कागजातहरु सार्नु पर्ने तथा फर्निचर सहित विद्युतीय उपकरणहरु नयाँ सेटिङ गर्नुपर्ने भएकोले बैशाख २ र ३ गते गाउँकार्यपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा सार्वजानिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा