पोखरा, चैत ९
टेबलटेनिस संघ गन्डकी प्रदेशको अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि खेलकुद’ भन्ने मुल मर्म सहित सम्पन्न भएको संघको भेलाले उतम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको उपाध्यक्ष द्वयमा भुपेन्द्र कोईराला र बिकाश थापा, सचिवमा अनुप श्रेष्ठ र कोषाध्यक्षमा ज्योती गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कबिराज श्रेष्ठ, प्रकाश पौडेल, शिव न्यौपाने, क्षितिज गुरुङ, सुरेश जिसि, निर्मल सोती र रसमाया तामाङ चयन भएका छन् ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।