दमौली, चैत १०
साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँको आयोजना तथा ऋषिङ गाउँपालिकाको प्रवद्र्धनमा शनिबार ऋषिङ गाउँपालिकामा काव्य उत्सव तथा साहित्यिक पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो ।



‘भाषा, साहित्य वाङ्गमयको आधार, साँस्कृतिक संरक्षण विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार–२०८० डा.नवराज लम्साललाई प्रदान गरिएको थियो ।
त्यसैगरि नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार–२०८० डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो भने गीतल राष्ट्रिय पुरस्कार–२०८० तिला लेकाली र गीतल प्रतिभा पुरस्कार–२०८० शोभा सिंह ठकुरीलाई प्रदान गरिएको गितल प्रतिष्ठान नेपालका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले तयार पारेको गीतल गुञ्जन भाग–३ लोकार्पण गरिएको प्रतिष्ठानका सचिव माधवप्रसाद अधिकारीले बताए । सो कार्यक्रममा साहित्यकारबाट काव्य वाचन समेत गरिएको थियो ।