दमौली, चैत १०
व्यास नगरपालिकाको आयोजना तथा भवन नियमन तथा घरनक्सा शाखाको समन्वयमा डकर्मीहरुको लागि भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ ।
गत चैत्र ४ गते देखि सन्चालित उक्त तालिममा व्यास नगरपालिका क्षेत्र भित्र निर्माणकर्ममा संलग्न २२ जना डकर्मीहरु सहभागी थिए । सहभागीलाई नगरपालिकाका ई. अमृत के. सी, ई. प्रविण कैनी, जु. ई. भगवान जोशी तथा जु. ई. सञ्जय तिमल्सेनाले प्रशिक्षण दिएका थिए ।
तालिमको पहिलो दिन सहभागीहरुको पुर्व मुल्यांकन गर्दै भूकम्प सम्बधित आधारभूत जानकारी, घरको आकार प्रकार, निर्माण गुणस्तर र निर्माण सामग्रीको गुणस्तर जस्ता सैद्धान्तिक विषयमा प्रशिक्षण दिईएको थियो ।
दोस्रो दिन गारोवाला भवन निर्माणको सैदान्तिक ज्ञान तथा सो सम्बधि अभ्यास भएको थियो भने तेस्रो र चौंथो दिन पिल्लरवाला भवन निर्माणको सैदान्तिक ज्ञान र पिल्लरवाला भवनका मुख्य अंग हरु जग, टाई बिम, पिल्लर, सिल ब्याण्ड, बिम, स्लाब, भर्याङ जस्ता भागहरुको अभ्यास भएको थियो ।
त्यसैगरी तालिमको अन्तिम दिन रास्ट्रिय भवन निर्माण संहिता कार्यान्वयनमा डकर्मीको भूमिका, भवन निर्माण मापदण्ड तथा नक्सा पास प्रक्रिया जस्ता सैद्धान्तिक कक्षाहरु भएका थिए ।
तालिम समापन कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले सहभागीहरुले तालिममा सिकेको कुरालाई व्यबहारमा दुरुस्त उतारेर भुइचालो प्रतिरोधी संरचना निर्माण गरि सुरक्षित नगर निर्माणमा सहयोग पुर्याउनेछन् भन्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रसासकिय अधिकृत गंगालाल सुबेदीले व्यास नगरपालिकालाई अन्य नगरपालिकाले समेत हेरेर सिको गर्ने हुदा निर्माण क्षेत्रमा उदाहरणिय कार्य गर्न सहभागीहरुलाई अनुरोध गरे ।
सो कार्यक्रममा नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका प्रमुख ई. अमृत के सी तथा तालिमका सहभागी खष्टीराम थापाले पनि मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन सञ्जय तिमल्सेनाले गरेका थिए । सो अवसरमा तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।