देवघाट गाउँपालिकाको कार्यक्रममा जानकारी नदिईएको प्रति वडा अध्यक्ष गुरुङको आपत्ति : राजनीतिक पहुँचको कारण वेवास्ता गरियो

Devghat Online

शेयर गरौ

देवघाट, चैत १०

देवघाट गाउँपालिकाद्वारा शनिबार आयोजित विषयगत शिक्षक समूह गठन कार्यक्रममा आफुलाई जानकारी नदिईएको भन्दै वडा नम्बर ४ का अध्यक्ष एवं सामाजिक विकास संयोजक मित्रलाल गुरुङले आपत्ति जनाएका छन् ।

देवघाट गाउँपालिकाको आयोजना एवं सामाजिक विकास कार्यालय तनहुँको सहयोगमा शनिबार देवघाटमा आधारभूत तह ( ६-८) र माध्यमिक तह (९-१२) का नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान बिषयमा बिषयगत शिक्षक समूह गठन कार्यक्रम आयोजना गरिएको थियो ।

आफू गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक भएपनि उक्त कार्यक्रममा राजनीतिक पहुँचको कारण आफुलाई नबोलाईएको वडा अध्यक्ष गुरुङले आरोप लगाएका छन् ।

वडा अध्यक्ष गुरुङले भनेका छन् ‘मलाई कुनै जानकारी छैन । म नाम को मात्र (थपानाको ) मात्र सामाजिक विकासको संयोजक रहेछु । राजनीतिक पावर र पहुँचको आधारमा बेवास्ता गरेकोमा देवघाट गाउँपालिका र सामाजिक विकास कार्यालय तनहूँलाई मुरी मुरी धन्यवाद भन्न मन लाग्यो ।’

सो कार्यक्रममा अंग्रेजी बिषयको संयोजकमा देउराम सारू, विज्ञान बिषयको संयोजकमा हरिविलास पौडेल, गणित बिषयको संयोजकमा टिकारम रेग्मी, सामाजिक बिषयको संयोजकमा वैकुण्ठ भट्टराई, नेपाली बिषयको संयोजकमा ऋषिप्रसाद घिमिरेलाई संयोजक चयन गरिएको थियो ।

 

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवर, गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त