आज होली पर्व, सभ्य र सुरक्षित तरिकाले होली मनाउन अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

आज होली पर्व अथवा फागु पूर्णिमा । खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने यो पर्व हिन्दूहरूको प्रमुख चाड हो ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

यो चाडले वसन्त ऋतुको आगमनको संकेत गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।

होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर–लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

यसैविच जिल्ला प्रहरी कार्यालय तनहुँले होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले मनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुचना जारी गर्दै होली पर्वलाई सभ्य, सिष्ट, स्वस्थकर र मर्यादित तरिकाले मनाउन अनुरोध गरेको छ । आत्मियरुपमा नाजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र होली खेल्न, होली खेल्दा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न तथा होलीको नाममा जाँड रक्सीको सेवन गरि उच्छृङखल कार्य नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

असभ्य र अश्लिल खालका गितहरु न्बजाउन, ध्वनी प्रदुषण हुने गरि मानव स्वास्थ्यमा प्रतिकुल असर हुनेगरि बाजा तथा माईकको प्रयोग नगर्न, कसैको इच्छा विपरिुत रङ, लोला, मोविल, केमिकल र फोहोर पानी छ्याप्ने कार्य नगर्न तथा महंगा गरगहना लगाएर होली नखेल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पैदलयात्रीलाई होली खेल्न करकाप नगर्न, रेलिङ नभएको छत, सडक तथा भिडभाड हुने जोखिमपुर्ण ठाउँमा होली नखेल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

सार्वजानिक शान्ति सुरक्षा र व्यवस्थालाई असर पर्ने गरि कुनै कार्य गरे तथा गराएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने भन्दै जिल्ला प्रहरी कार्यालयले कुनै पनि अपराधिक गतिविधि भएको वा हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको