आज विश्व क्षयरोग दिवस, बन्दिपुरमा मनाईयो क्षयरोग दिवस

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

आज विश्व क्षयरोग दिवस । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने निर्णय अनुसार आज यो दिवस मनाईएको हो ।

नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । क्षयरोगी मध्ये बर्सेनि ५ देखि ७ हजार जनाको मृत्यु हुने तथ्यांक छ ।

यसैविच विश्व क्षयरोग दिवस आज बन्दिपुरमा मनाईयो । ‘हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने मुल नाराका साथ बन्दिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले क्षयरोग नियन्त्रणका लागि नियमीत अौषधि सेवनलाई निरन्तरता दिनुपर्ने बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी, बन्दिपुर अस्पतालका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म