बन्दिपुर, चैत १७
बन्दीपुर अस्पतालमा दुई दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ६ सय १ जनाले स्वास्थ्य सेवा लाभ लिएका छन् । जसमध्ये ४१८ जना महिला र १८३ जना पुरुष रहेका छन् ।
बन्दीपुर गाउँपालिकाको कार्यालय बन्दीपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरको संयुक्त आयोजनामा चैत्र १६ र १७ गते विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
शिविरको दुवै दिन मृगौला जाँच थाइराइड परीक्षण नाक कान घाँटी इएनटी जाँच तथा मुटुको भिडियो एक्सरे इसीजी सेवा भिडियो एक्सरे युएससी सेवा हार्ड जोर्नीको रोगको परीक्षण क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम तथा त्यस सम्बन्धी रोगको निशुल्क औषधि समेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।
यस शिविरमा उल्लेखनीय रुपमा जनसमुदायको उपस्थिति रहेको थियो । बन्दीपुर गाउँपालिका समुदायले यस अघि विभिन्न रोग त्यसको बारेमा जाँच गर्नका लागि काठमाडौँ पोखरा तथा चितवन धाउनुपर्ने बाध्यता रहेको अब भने विभिन्न रोग सम्बन्धी जाँच हरेक महिना बन्दीपुर अस्पतालमै शिविर सञ्चालन हुँदै आएकोले स्वास्थ्य लाभ लिन पाएकोले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाले बन्दीपुर अस्पताल लगायत विभिन्न वडाका स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । विभिन्न रोगहरूको पहिचान गरी उक्त रोगको निदानको लागि गाउँपालिकाले विभिन्न अस्पतालहरूमा समेत उपचारको लागि सहजीकरण गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।