भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

दमौली, चैत १८

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ निर्वाचन क्षेत्र नम्बर २ ले भिमाद नगरपालिका स्थित भिमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत रास्वपा क्षेत्रीय समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाई भिमादमा इलाका प्रशासन कार्यालय स्थापन गर्न माग गरेको हो ।

तनहुँ जिल्लाको भिमाद, ऋषिङ्ग, घिरिङ, म्याग्दे र शुक्ला गण्डकीका अधिकांश भागमा भौगालिक विकटता कायमै रहेको तथा जिल्ला प्रशासनवाट प्राप्त हुने नेपाली नागरिकता प्रमाण–पत्र र राहदानी जस्ता अत्यावश्यक सेवा लिन पनि सदरमुकाम दमौली जान आउन हुने कठिनाईको कारणले राज्य तथा स्थानीय तहहरुको पश्चात जनताका आधारभूत सेवाहरुमा सहज बनाउने तथा घरदैलो सम्म पुर्याउने मान्यतालाई सार्थकता दिन नसकिरहेको सन्दर्भमा इलाका प्रशासन कार्यालय भिमाद बजारमा स्थापना गर्न माग गरिएको हो ।

तनहुँ संसदिय निर्वाचन क्षेत्र नम्वर २ अन्तरगतका सदरमुकाम दमौलीबाट टाढा र भौगोलिक विकटता समेत रहेका घिरिङ गाउँपालिका र भिमाद तथा शुक्ला नगरपालिकाका सम्पूर्ण वडाहरु र म्याग्दे गाउँपालिकाको वडा नम्वर ५ तथा ऋषिङ्ग गाउँपालिकाकाका ५,६,७ र ८ वडाका बासिन्दाले स्थानीय प्रशासनबाट पाउने सार्वजनिक सेवामा सजिलै गरी प्राप्त गर्नका लागि यस क्षेत्रको केन्द्र भिमादमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न अत्यावस्यक भएकाले यसको शीघ्र कार्यान्वनका लागि ज्ञापनपत्र मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

रास्वपा क्षेत्र नम्बर २ को कार्य समितिको शनिबार बसेको बैठकले पनि उक्त निर्णय गरेको क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुन्दर बस्यालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी