स्थानीय स्तरमा उत्पादित कृषिबाली राख्न म्याग्देले सन्चालन गर्यो कोल्ड स्टोर

Devghat Online

शेयर गरौ

दमौली, चैत १८

स्थानीय स्तरमा उत्पादन भएको कृषि वाली, फलफुल र तरकारीहरु लामो समयसम्म ताजा राख्नको लागि म्याग्दे गाउँपालिकाले कोल्ड स्टोर सन्चालनमा ल्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ को विरुवामा निर्माण गरिएको गाउँपालिकाको कोल्ड स्टोर गत चैत १५ गतेदेखी सन्चालनमा आइसकेकोले कोल्ड स्टोर सन्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिका भित्रका प्रत्येक कृषकहरुले आफ्नो वडाका टोल विकास संस्था मार्फत एकमुष्ठ आलु संकलन गरि कोल्ड स्टोरमा भण्डारण गर्नु गाउँपालिकाले अनुरोध गरेको छ ।

आलु संकलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने, भण्डारणको लागि शुल्क रु.१० प्रति किलो रहेता पनि चालु आर्थिक वर्षको लागि म्याग्दे बासीलाई भने ५० प्रतिशत अनुदानमा रु.५ प्रति किलोमा भण्डारण गरिने गाउँपालिकाको कृषि उपशाखाका प्रमुख रुक्मिता घिमिरेले बताइन् । रुक्मिताका अनुसार बोरामा संकलन गरिएका आलु कम्तिमा पनि खनेको १५ दिन पछिको तथा बोक्रा बाक्लो भएको हुनुपर्नेछ । टोल विकास संस्थामार्फत आउँदा किसानले आफुले चिन्ने गरि बोरामा संकेत नाम राख्नु पर्ने घिमिरेले बताइन् ।

गाउँपालिकाले आफ्नै स्वामित्वको कोल्डस्टोर सन्चालनमा आईसकेको हुँदा कृषकहरुले कोल्ड स्टोरको उपयोग गरि लाभ लिनुपर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु