जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई मनोपरामर्श

Devghat Online

शेयर गरौ

दमौली, चैत १८

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई आइतबार मनोपरामर्श प्रदान गरिएको छ ।

विभिन्न कसुरमा संलग्न रही हिरासतमा रहेका थुनुवाहरुलाई दमौली अस्पतालमा कार्यरत मनोचिकित्सक डा. गिता सुबेदीले लागु पदार्थ दुव्र्यसनी, मादक पदार्थ सेवनका कारण व्यक्ति, पारिवार, समाज र स्वास्थ्यमा पर्ने असर र दुव्र्यसनीबाट बच्न अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा परामर्श प्रदान गरेकी थिइन् ।

मनोपरामर्श मार्फत हिरासतमा रहेका थुनुवाहरुलाई सकारात्मक चिन्तन प्रदान गरि हौसला प्रदान गर्ने र उनीहरुलाई मानवोचित व्यवहारकोलागि उत्प्रेरणा दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहोराले बताए ।

सो कार्यक्रममा व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरै, वडा नम्बर २, वडा नम्बर ३ र वडा नम्बर ४ का वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको