बन्दीपुरका युवाहरूलाई सिपमूलक तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत २६

असल छिमेकी नेपाल पोखराले बन्दीपुरका युवाहरूलाई सीपमूलक तालिम दिएको छ । युवा लक्षित शिप विकास तथा क्षमता अभिवृद्धि परियोजना अन्तर्गत बन्दीपुर गाउँपालिकाका ४० जना युवाहरूलाई कुकिङ र इलेक्ट्रिसियन हाउस वायरिङ तालिम प्रदान गरेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी बन्दीपुर लगायत विभिन्न ठाउँमा युवा लक्षित विकास र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको असल छिमेकी नेपालका मोनिटरिङ सुपरभाइजर नवराज मजकोटीले जानकारी दिए । बन्दीपुर गाउँपालिकाका २० जनालाई कमर्सियल कुकिङ र २० जनालाई इलेक्ट्रिसियन हाउस वायरिङ तालिम प्रदान गरेको छ । यही चैत्र २ गतेदेखि बन्दीपुर गाउँपालिका वडा नम्बर १ एक स्थित बन्दीपुर फार्म हाउसमा कमर्सियल कुकिङ तालिम प्रदान गरेको छ ।

यस्तै बाँकी २० जनालाई इलेक्ट्रिसियन हाउस वायरिङको तालिम पोखराको सृजनाचोक स्थित एसियन टेक्निकल इन्स्टिच्युटमा भइरहेको छ । शनिबार गाउँपालिका अध्यक्ष थापाले तालिमको अवलोकन गर्दै तालिम लिने युवाहरूलाई तालिमको सदुपयोग गरी स्वरोजगार बन्न आग्रह गरेका छन् । तालिम अन्तर्गत चैत्र ३ गतेदेखि वैशाख ४ गतेसम्म र त्यसपश्चात् १९ गतेसम्म ओजिटि सञ्चालन हुनेछ ।

ओजिटि पश्चात् बिजनेस डेभलपमेन्ट ट्रेनिङ सञ्चालन हुने मोनिटरिङ सुपरभाइजर माजकोटीले बताए । असल छिमेकी नेपाल पोखराले तालिम लिएका ४० जनामध्ये स्वरोजगार बन्न चाहने ३ जनालाई व्यवसाय सञ्चालन गर्न करिब ५० हजार प्रोत्साहन स्वरूप अनुदान प्रदान गरिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता