चुनाव हारेपनि जनताको विकासको काममा पछि हट्दिनः केन्द्रीय सदस्य भट्टराई

Devghat Online

शेयर गरौ

दमौली, चैत २५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफुले चुनाव हारेपनि जनताको विकासको काममा कहिलेपनि पछि नहट्ने बताएका छन् । व्यास नपा–१३ स्थित कुकुरढुङ्गे छापडाडा कृषक महिला समूहको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले चुनाव हारेपनि जनताको बिकासमा हात पछि नसार्ने र बिकासको काममा सदैव अग्रपङतिमा रहि काम गर्ने बताए । उनले चुनाब जित्नेहरु चुनाबपछि नफर्किएको हुँदा जनताले आगामी दिनमा राम्रो मुल्याङकन गर्ने बिचार व्यक्त गरे ।

उक्त कृषि भवन निर्माणकोलागि केन्द्रीय सदस्य भट्टराईको पहलमा संघीय सरकारबाट तिस लाख रुपैया बजेट बिनियोजित भएको थियो । उपनिर्वाचनको बेला चुनाव प्रचारको क्रममा आउदा माग गरिएको बजेटलाई चुनाब हारेपनि पुरा गरेको भट्टराईले बताए ।

सो कार्यक्रममा नेपाली काङग्रेस महाधिवेशन प्रतिनिधि रेशम गुरुङ्ग, सुरेश भट्टराई, नेपाली काङग्रेस क्षेत्र नम्बर १ का सभापति श्याम मौराती, नेपाली काङग्रेस जिल्ला कार्यसमिति सदस्य सिर्जना तिवारी, नेपाली काँग्रेस व्यास १३ सभापति रेसम बिक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता