रेडक्रस सोसाईटी देवघाटद्वारा एम्बुलेन्सको भाडा दर निर्धारण

Devghat Online

शेयर गरौ

देवघाट, चैत २७

नेपाल रेडक्रसा सोसाईटी देवघाट उपशाखाले देवघाटका विभिन्न स्थानबाट चितवनको नारयणगढ र भरतपुरका विभिन्न अस्पताल सम्म बिरामी लैलान र ल्याउनको लागि भाडातर निर्धारण गरेको छ । रेडक्रस उपशाखा देवघाटले आगामी बैशाख २ गतेदेखी लागु हुने गरि भाडा दर निर्धारण गरेको हो ।

जस अनुसार वडा नम्बर ५ को देवपुरदेखी दासढुङ्गासम्मबाट नारयणगढ वा भरतपुर जानको लागि दिउँसो समयमा १ हजार ५ सय तथा रातको समयमा २ हजार भाडा तोकिएको छ । त्यसैगरि वडा नम्बर ५ को साउने वा साँढेबगरदेखी दिउँसोको समयमा १ हजार ८ सय र रातको समयमा २ हजार ५ सय र वडा नम्बर १ को कोटादेखी दिउँसोको समयमा ३ हजार र रातको समयमा ४ हजार भाडा तोकिएको छ ।

यसैगरि नारयणगढ मुग्लिन खन्डको १७ किलोदेखी दिउँसो समयमा १ हजार ५ सय तथा रातको समयमा २ हजार भाडा तोकिएको छ । नारयणगढ मुग्लिन खन्डकै गाईघाटदेखी दिउँसोको समयमा १ हजार ७ सय र रातको समयमा २ हजार ५ सय र घुमाउनेबाट नारयणगढ वा भरतपुरसम्म दिउँसोको समयमा २ हजार र रातको समयमा ३ हजार भाडादर तोकिएको छ ।

उक्त स्थान भन्दा अन्यत्र जानु परेमा प्रचलित भाडा लाग्ने रेडक्रस सोसाईटी देवघाट उपशाखाका सभापती गोविन्द न्यौपानेले बताए । अस्पताल पुगेपछि ३ घन्टा भित्रै फिर्ता आउने विरामीकोलागि उल्लेखित भाडामा २ सय रुपैयाँ छुट हुने सभापती न्यौपानेले बताए । एम्बुलेन्स भाडाको विषयमा सर्वसाधरणमा भ्रम उत्पन्न भएपछि भाडादर तोकिएको र कसैले पनि उक्त भाडादर भन्दा बढि वा कममा यात्रा नगर्न सभापती न्यौपानेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र