सुरु भयो नेपाली सेनाको जितगढीसम्मको एकिकरण पदयात्रा

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । मंगलवार गोरखा दरबारबाट सो यात्रा सुुरु भएको हो । अधिकृतको कमाण्डमा ४८ जना यात्रामा सहभागी छन् ।

उनीहरुलाई एक कार्यक्रमका बीच तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोखर, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर बिदाइ गरिएको रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्रीले बताए ।

नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा झण्डा र टर्च हस्तान्तरण गरेका थिए ।

गोरखाबाट सुरु भएको उक्त यात्रा तनहुँ पाल्पा हुदैं जितगढी पुग्ने गणपती क्षेत्रीले बताए । ‘आठ दिनको यात्रा हुनेछ,’ उनले भने, ‘गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्छ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउछ ।’

रुपन्देशीको टोली वैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रुपमा मनाउने गरिन्छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा सुरु गरिएको पृतनापति पौडेलले बताए ।

पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पु¥याउने उनले जानकारी दिए । करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका