तनहुँको शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ ।

गन्डकी प्रदेश सरकारको गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो । त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

पण्डितले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ, क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्न तयार रहेका छौँ ।’

नगरपालिकाले उक्त मैदानलाई नगर रङ्गशालाको अवधारणाअनुसार आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख बजेट विनियोजन गरेको पण्डितले बताए । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलमैदान निर्माणका लागि सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको छ ।

आगामी वैशाख १५ गतेभित्र आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख विनियोजन भएको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष २०८१÷८२ मा सो खेलमैदानका लागि नगरसभाबाट बजेट सुनिश्चितता गरिने प्रतिबद्धतापत्र, खेलमैदानको विस्तृत स्वीकृत लागत अनुमान, नक्साको प्रतिलिपिसहित सम्झौताका लागि आग्रह गरिएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले जानकारी दिए ।

शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट खेलमैदान निर्माण हुनु सकारात्मक रहेको तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सिनाले बताए । जिल्लामा क्रिकेट खेलतर्फ आकर्षण भए पनि पूर्वाधार नहुँदा समस्या भइरहेको उनको भनाइ छ । उनले भने, ‘जिल्लामा क्रिकेटका गतिविधि बिस्तारै बढ्दैछन्, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।’

राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ । क्रिकेट खेलतर्फ आकर्षण बढे पनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् । खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको क्रिकेटप्रेमी कविराज श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले