दमौली, चैत २७
आबुँखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङदी ड्याममा मोटरबोट सञ्चालनको हुने भएको छ । आबुँखैरेनी गाउँपालिकाले आगामी बैशाख २ गतेदेखि मस्र्याङ्दी ड्याममा मोटरबोट सञ्चालन गर्न लागेको हो ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा मोटरबोटको शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याई पर्यटन प्रबद्र्धनका लागि मोटरबोट सन्चालन गर्न लागिएको अध्यक्ष चुमानले बताए । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए ।