दमौली, चैत २८
भानु नगरपालिकामा कृषकलाई सम्मान गरिएको छ । बुधबार भानु नगरपालिकामा आयोजित कार्यक्रममा कृषकहरुलाई सम्मान गरिएको हो ।
भानु नगर कार्यपालिकाको आ.व. २०८०÷०८१ को बार्षिक स्विकृत कृषक सम्मान कार्यक्रमको अन्तर्गत भानु नगरपालिका भित्र रहेका व्यवसायीक रूपमा पशुपालन गरिरहेका कृषकहरुलाई हौसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा बुद्धि गर्ने उदेश्य सहित नगरपालिका भित्र रहेका कृषकहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा गाईभैसी पालन, बाख्रापालन, माछा पालन, बंगुर पालन र कुखुरापालन मा गरी ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना कृषकलाई सम्मान गरिएको थियो । उत्कृष्ट ५ जनालाई कृषकलाई जनही ३ हजार रुपैयाँ र सर्वोत्कृष्ट कृषकलाई जनही ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
सम्मानित हुनेमा गाई भैसी पालन बिधा तर्फ सर्वोत्कृष्ट कुशलचन्द्र अधिकारी र उत्कृष्ट सरस्वती घिमिरे, बाख्रापालन बिधा तर्फ सर्वोत्कृष्ट मान बहादुर भण्डारी र उत्कृष्ट बिन्दु अधिकारी, माछा पाललन बिधा तर्फ सर्वोत्कृष्ट लक्ष्मी श्रीराजभण्डारी श्रेष्ठ र उत्कृष्ट सोमप्रसाद खनाल, बंगुर पालन तर्फ सर्वोत्कृष्ट दुर्गा रास्कोटी राना मगर र उत्कृष्ट शारदा कुमाल र कुखुरापालन बिधा तर्फ सर्वोत्कृष्ट नारायण देवी खड्का भण्डारी र उत्कृष्ट धर्मराज अधिकारी रहेका छन् ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख आनन्दराज त्रिपाठीले कृषकहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा ब्यबसायीकरण गर्दै पशुजन्य उत्पादनमा आत्मनिर्भर हुनु भानु नगर तत्पर रहेको बताउदै आगामी दिनमा कृषिमा युबा लक्षित कार्यक्रम निमार्ण गर्ने र यो सम्मान कार्यक्रमले कृषकहरुलाई मनोबल प्रदान गर्ने हुदा यस कार्यक्रम लाई निरन्तरता प्रदान गर्नुपर्ने बताए ।
किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा पशुपालन गरिरहेका ती किसानबाट अरुले पनि सिकून भनेर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । उनका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसानमध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।
यो कार्यक्रमले युवाहरूलाई पशुपालन क्षेत्रमा हौसला प्रदान गरी आगामी दिनमा पनी निरन्तर सहयोग गर्दै कृषकलाई हातेमालो गर्दै अधि बढ्दै जाने र आगामी बजेट निर्माणमा समेत सहयोग हुने आर्थिक विकास समिती संयोजक अर्जुन बहादुर बोहोराले बताए ।