योगलाई दैनिक जिवन र व्यवहारमा उतार्नुपर्छ–मन्त्री चुमान

Devghat Online

शेयर गरौ

दमौली, चैत २९

गन्डकी प्रदेशका मन्त्री हरिबहादुर चुमानले योगलाई मानिसको दैनिक जिवन र व्यवहारमा उतार्नु पर्ने बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा विहिबार भएको सगठित योग कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले मानव जिवनमा योगको महत्वपुर्ण भुमिका रहेको हुँदा योगलाई व्यवहारमा उतार्नु पर्ने बताएका छन् ।

हिजो आजको दैनिक काम र खानपिनले मानसिक तनाव र स्वास्थ्यमा प्रभाव पार्ने हुँदा त्यसबाट मुक्ती पाउन पनि दैनिक रुपमा योग गर्ने बानी बसाल्नुपर्ने मन्त्री चुमानको भनाई थियो । योगको उत्पती नेपालबाट नै भएको हुँदा नेपालमा झन योगको अति महत्व भएको उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यालयको कामको क्रममा तनाव उत्पन्न भएमा केही समय छुट्याएर योग गर्न सकिने बताए । योग गरेमा मानसिक तनाव मात्र नभई अन्य स्वास्थ्य समस्याबाट पनि छुटकारा पाउन सकिने प्रजिअ गौतमको भनाई थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा.नारयण श्रेष्ठले सरकारी कार्यालयका कर्मचारीहरुले कार्यालयको काममा हुने तनावबाट मुक्ती पाउन संगठित रुपमा योग गर्न सकिने बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सरकारी कार्यालयका प्रमुखहरुलाई कर्पाेरेट योगको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । कार्यालयमा समुहगत रुपमा गरिने योगलाई कर्पाेरेट योग भनिने डा. श्रेष्ठले बताए । सो कार्यक्रमको सन्चालन केन्द्रका बरिष्ठ कविराज शम्भु चापागाईंले गरेका थिए ।

सो संगठित योग कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुख गरि ३० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता