दमौली, चैत ३०
नव वर्ष २०८१ को अवसरमा नेकपा एमाले व्यास नगर कमिटिको आयोजनामा बैशाख १ गते शनिबार पार्टी कार्यालय दमौलीमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
सो कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली लगायत नेकपा एमालेका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहनेछ ।
उक्त कार्यक्रममा सहभागिताकोलागि नेकपा एमालेका नेता, कार्यकर्ता तथा सुभेच्छुहरुलाई आमन्त्रण गरिएको नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।