पार्वती मावि कोटाको स्वर्ण जयन्ती कार्यक्रम सन्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, चैत ३०

देवघाट गाउँपालिका–१ स्थित पार्वती माविको ५० औं बार्षिकोत्सव एवं स्वर्णजयन्ती महोत्सवको अवसरमा आयोजित कार्यक्रम विहिबार सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख अतिथी गन्डकी प्रदेशका मन्त्री हरिबहादुर चुमानले विद्यालय परिसरमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनावरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद गुरूङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री चुमान, नेकपा एमालेका नेता प्रतापलाल श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, नेकपा एमाले जिल्ला कमिटि सदस्य जुली सारु मगर, नेपाली काङ्ग्रेस जिल्ला सदस्य खम्बा सिंह राना मगर, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक विकासकोलागि आर्थिक तथा अन्य सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ राजु गिरीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन शिक्षक रोहित काफ्लेले गरेका थिए ।

सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए । विद्यालयले स्वर्ण जयन्ती महोत्सवको अवसरमा गत चैत २५ गतेदेखी विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर, खेलकुँद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता