बारामा खेलकुद सहितको समग्र विकासमा लाग्ने सांसद श्रेष्ठको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

बारा, बैशाख ४

पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बारा जिल्ला तथा समग्र मधेश प्रदेशमा खेलकुद सहितको समग्र विकासमा दिलो ज्यान दिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नव जनजागृती युवा क्लवको आयोजनामा सम्पन्न भएको १४ औं संस्करणको जीतपुर सिमरा गोल्डकपको समापन कार्यक्रमलाई सोमबार साँझ सम्बोधन गर्दै सांसद श्रेष्ठले उक्त गोल्डकप फुटवल प्रतियोगिताले बारा जिल्लालाई खेलप्रेमी माझ चिनाउन सफल भएको बताए । उक्त प्रतियोगिता बारा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने विशेषगरि मधेश प्रदेशको गौरबको रुपमा रहेको सांसद श्रेष्ठले बताए ।

उक्त गोल्डकपको १४ औँ संस्करणसम्म आइपुग्दा यस क्लबले फुटबलको विकासमा पु¥याएको योगदानको सांसद प्रशंसा गरेका थिए । उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब उपाधी बिजेता र उपविजेता मच्छिन्द्र फुटबल क्लब भएको थियो । बारा निर्वाचन क्षेत्र नम्बर ४ स्थित सिमरा रंगशालामा सम्पन्न राष्ट्रियस्तरको यो प्रतियोगिताले मधेश प्रदेशकै शीर उच्च बनाएको सांसद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो