बारामा खेलकुद सहितको समग्र विकासमा लाग्ने सांसद श्रेष्ठको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

बारा, बैशाख ४

पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बारा जिल्ला तथा समग्र मधेश प्रदेशमा खेलकुद सहितको समग्र विकासमा दिलो ज्यान दिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नव जनजागृती युवा क्लवको आयोजनामा सम्पन्न भएको १४ औं संस्करणको जीतपुर सिमरा गोल्डकपको समापन कार्यक्रमलाई सोमबार साँझ सम्बोधन गर्दै सांसद श्रेष्ठले उक्त गोल्डकप फुटवल प्रतियोगिताले बारा जिल्लालाई खेलप्रेमी माझ चिनाउन सफल भएको बताए । उक्त प्रतियोगिता बारा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने विशेषगरि मधेश प्रदेशको गौरबको रुपमा रहेको सांसद श्रेष्ठले बताए ।

उक्त गोल्डकपको १४ औँ संस्करणसम्म आइपुग्दा यस क्लबले फुटबलको विकासमा पु¥याएको योगदानको सांसद प्रशंसा गरेका थिए । उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब उपाधी बिजेता र उपविजेता मच्छिन्द्र फुटबल क्लब भएको थियो । बारा निर्वाचन क्षेत्र नम्बर ४ स्थित सिमरा रंगशालामा सम्पन्न राष्ट्रियस्तरको यो प्रतियोगिताले मधेश प्रदेशकै शीर उच्च बनाएको सांसद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म