गोविन्द भट्टराईको प्रश्नः म त चुनाव हारेर पनि काम गरिरहेको छु, जित्ने मान्छे खै ?

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन् । देवघाट गाउँपालिका–१ कोटामा श्रीजनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै उनले भने, ‘मैले पानी ल्याइदिन्छु भनेको थिएँ । अहिलेको बजेटमा खानेपानीको योजनामा वृहत कोटा १८ लाख विनियोजन गराइदिएको छु । चाहिने अरु पैसा दिलाउने बाचा गर्न चाहन्छु ।’

आफू हरेक दिदी बहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको भन्दै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गरे । ‘चुनाव हारे पनि तनहुँमा २० ओटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमासमेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै उनले भने ‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ ।’

देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको बताएका भट्टराईले भने,‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु ।’ आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उनले भने,‘म यही ठाउँको हो । मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न । तर, गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ ?’

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले थपे, ‘उहाँलाई यहाँको विकासको चासो पनि छैन । उहाँहरुको चासो साना ठेलागाडा चलाउने, दुध बेचेर संकलन गरेको पैसा ६ सहकारीबाट ३ खर्ब हिनामिना गरेका ठग्ने मान्छेको संरक्षणमा छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका