चुँदी खोलाको सरसफाईमा युवा अभियन्ता गफ्फार

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ९

केही दिन अघि दमौलीको व्यास नपा–४ स्थित सहिद कालिक जंगल पार्कको सरसफाई गरि दमौली बासीको मन जितेका युवा अभियन्ता मोहम्मद गफारले शनिबार भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमानामा रहेको चुदी खोलाको सरसफाई गरेका छन् ।

भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमानामा रहेको चुदी खोलामा स्थानीयले फोहोर फाल्ने स्थान बनाएका छन् । जसको कारणबाट सो क्षेत्र अत्यन्तै दुर्गन्धित हुँदै आएको छ । ‘बिहानीको सुरुवातसँगै एकदम दुर्घन्धित रहेको भानु र बन्दिपुरको सिमानामा रहेको चुदी खोला सरसफाइ गरिएको छ ।’ गफ्फारले भनेका छन् । उनले अत्यन्तै दुर्गन्धित रहेको चुँदीखोलामा सरसफाई गरि फोहोर व्यवस्थापन गरेका छन् ।

पछिल्लो समय सामाजिक सेवामा सक्रिय दमौलीका युवा अभियन्ता गफारले सामाजिक गतिविधि र सरसफाईलाई तीव्रता दिएका छन् । गत महिना उनले जिल्लाभरका सामुदायिक विद्यालयको सौचालय सुधार अभियान पनि सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू