व्यास नपा–३ का युवालाई कफी बनाउने तालिम

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ९

व्यास नगरपालिका–३ का युवालाई वरिष्टा (कफी बनाउने) तालिम दिन सुरु गरिएको छ । युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्धेश्यले वडा कार्यालयले ४५ दिनको उक्त तालिम दिइएको हो ।

आइतबारदेखि सुरु तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिमको उदघाटन गर्र्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सीप सिकेर उद्यमी बन्न आग्रह गरे ।

युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्धेश्यले तालिम दिईएको वडा सदस्य दधिराज घिमिरेले बताए । उनले पछिल्लो समय वरिष्टातर्फ आकर्षण बढेको र युवाको माग रहेकाले तालिम सुरु गरिएको बताए । वडाध्यक्ष अनुप रानाले वडाको वार्षिक बजेटबाट तालिम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ