व्यास नपा–३ का युवालाई कफी बनाउने तालिम

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ९

व्यास नगरपालिका–३ का युवालाई वरिष्टा (कफी बनाउने) तालिम दिन सुरु गरिएको छ । युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्धेश्यले वडा कार्यालयले ४५ दिनको उक्त तालिम दिइएको हो ।

आइतबारदेखि सुरु तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिमको उदघाटन गर्र्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सीप सिकेर उद्यमी बन्न आग्रह गरे ।

युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्धेश्यले तालिम दिईएको वडा सदस्य दधिराज घिमिरेले बताए । उनले पछिल्लो समय वरिष्टातर्फ आकर्षण बढेको र युवाको माग रहेकाले तालिम सुरु गरिएको बताए । वडाध्यक्ष अनुप रानाले वडाको वार्षिक बजेटबाट तालिम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू