बन्दिपुरको सौन्दर्यता कायम राख्न बन्दिपुरबासीलाई पर्यटन बोर्डको अनुरोध

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख ९

बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन बोर्डले बन्दिपुर बजारको सौन्दर्यता र मौलिकता कायम राख्न अनुरोध गरेको छ । बन्दिपुर पर्यटन बोर्डको पहिलो बैठकले बन्दीपुरको पर्यटन विकास र बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्नको लागि पटक पटकको बैठकले गरिएको प्रयासहरुलाई कार्यन्वय गरि बन्दीपुरको दिगो पर्यटन विकासमा आवश्यक सहयोग गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाले तोकेको स्थानिय मापदण्ड बमोजिम १५ दिन भित्र बढीमा २ वटा टेवल र प्रति टेवल ४ वटा कुर्ची सम्म राख्ने मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्सीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरि प्रयोग गर्न अनुरोध गरेको छ । त्यसैगरि व्यवसायीहरुले पसल बाहिर सामग्रीहरु राखी विक्रि वितरण गर्न नपाइने, प्रत्येक व्यापारी तथा होटल रेष्टुरेण्ट सन्चालकहरुले मूल्य सूचि ग्राकहले देख्ने ठाउँमा अनिवार्य राख्नुपर्ने, बन्दिपुर बजार क्षेत्रमा व्यापारिक प्रयोजनका लागि राखिने फ्लेक्स बोर्डहरु ३० दिन भित्र हटाई काठ या हस्तलिखित बोर्डहरु मात्र राख्नु पर्ने निर्णय बन्दिपुर पर्यटन बोर्डले गरेको छ ।

त्यसैगरि घर अगाडि मासु पोल्ने, चुलो राखे जस्ता कार्यहरु गर्न नपाइने, आफ्नो धरायसी प्रयोजनकालागि दिएको ईन्टरनेट तथा सन्चार माध्यमका अनावस्यक प्रयोगमा नआएको तार हटाउनु पर्ने, ऐतिहाँसिक बन्दिपुर बजारमा रहेका घरहरुमा भएका बाहिरी करिडोर खुल्ला राख्नु पर्ने निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष एवं बन्दिपुर पर्यटन बोर्डका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय