देवघाटले पशु विमा गराए ५० प्रतिशत अनुदान दिने

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २४

देवघाट गाउँपालिका वडा नम्बर ५ ले पशु विमा गराउने कृषकलाई विमा वापतको रकमको ५० प्रतिशत अनुदान दिने भएको छ ।

वडा नम्बर ५ को कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पशु विमा प्रिमियममा कृषकले तिर्नुपर्ने रकमको ५० प्रतिशत अनुदान दिने भएको हो ।

वडा कार्यालयले सोमबार सुचना प्रकाशित गरि वडा नम्बर ५ भित्र पशु पालनमा संलग्न रहेका कृषक तथा पशु फर्महरुलाई मान्यता प्राप्त विमा कम्पनीबाट विमा गराएको भए कृषकले तिर्ने प्रिमियममा ५० प्रतिशत वडा कार्यालयले अनुदान दिने जनाएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित वडा कार्यालयमा निबेदन दिन वडा अध्यक्ष पुर्णबहादुर कुँवरले कृषकहरुलाई अनुरोध गरेका छन् । निबेदनको साथमा नागरिकताको प्रतिलिपि, विमालेखको प्रतिलिपि र विमा गरेको पशुधनको ट्याग सहितको फोटो अनिवार्य चाहिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती