देवघाटमा डलकुशन बनाउने सम्बन्धि तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २७

देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा देवघाट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको १५ दिने डलकुशन बनाउने विहिबार सम्पन्न भएको छ । तालिमको विहिबार एक कार्यक्रमको आयोजना गरि समापन गरियो ।

सीप सिकौ आत्मनिर्भर बनौं भन्ने मूलनारा सहित गत वैशाख १३ गतेबाट सन्चालित उक्त तालिमको समापन कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी आय आर्जन गरि आत्मनिर्भर बन्नु पर्ने बताए ।

देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गुरुङ देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता पुर्णबहादुर कुँवर, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट सार्वजनिक पुस्तकालयका उपाध्यक्ष रश्मि सोती, प्रशिक्षक एवं सहजकर्ता सरिता गुरुङ, सहभागीको तर्फबाट जमुना अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरुले यो सीपलाई आफुसँगै सिमित नराखी व्यवसाय, बजार व्यवस्थापन र रोजगार मार्फत व्यवहारमा लागू गर्नुपर्ने बताएका थिए । हिजो आज विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक कार्यमा पनि यसको प्रयोग बढेको हुँदा यसको निर्माण गरि व्यवसायीकरण गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सिर्जना पाण्डेयले गरेकी थिइन् भने सन्चालन केन्द्रकी कर्मचारी शुशिला नेपालले गरेकी थिइन् । उक्त तालिममा देवघाट सामुदायिक सिकाइ केन्द्रमा आवद्ध १५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।