एमाले जिल्ला अधिवेशन आजदेखी, महासचिव पोख्रेलले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशन आजबाट दमौलीमा हुने भएको छ । अधिवेशनको आज दिउँसो १ बजे व्यास नपा–३ देउरालीनगर स्थित गुम्बा भवनमा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले तनहुँले जनाएको छ । अधिवेशनमा मनोनित २८ समेत, आयोजक, जिल्ला सल्लाहाकार, वडा भुगोल तथा जनवर्गिय संगठन र मोर्चा संगठन समते गरि कुल ५८७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनले आगामी तिन वर्षकोलागि एमाले तनहुँको लागि नयाँ नेतृत्व चयन गर्नेछ । सबै जसो नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके निर्वाचनको माध्यमबाट पनि नेतृत्व चयन गर्न सकिने एमालेले जनाएको छ ।

निर्वाचनमा दुई वटा प्यानल बन्ने निश्चित जस्तै रहेको छ । संस्थापन प्यानलबाट अध्यक्षमा हालका उपाध्यक्ष हरिराज कंडेल, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी तथा उपसचिवमा खिम कुमालको उम्मेदबारी निश्चित जस्तै रहेको छ भने महिला उपसचिवमा भने कसलाई उठाउने निश्चित भएको छैन ।

त्यसैगरि अर्काे प्यानलबाट अध्यक्षमा विष्णुभक्त सिग्देल, उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा सिताराम सुर्खाली र महिला उपसचिवमा बसुन्धरा घर्तीको सम्भावना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक