प्रेस चौतारी पत्रकारिता पुरस्कार आज प्रदान गरिने

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

प्रेस चौतारी तनहुँले स्थापना गरेको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ आज प्रदान गरिने भएको छ ।

नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने प्रेस चौतारी तनहुँले जनाएको छ । उक्त पुरस्कार यस वर्ष तनहुँका क्रियाशिल पत्रकार कृष्ण न्यौपानेलाई प्रदान गरिने यस अघि नै निर्णय भईसकेको छ । पुरस्कारको राशी नगद १० हजार तथा सम्मान पत्र रहेको छ ।

न्यौपानेलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पुरस्कार प्रदान गर्ने छन् । पत्रकार न्यौपाने लोकवाणी दैनिक, रासस र खबरपुन्ज अनलाइनसँग आवद्ध छन् ।

प्रेस चौतारी तनहुँले स्थापना गरेको अक्षयकोषबाट दिईने उक्त पुरस्कारबाट यस अघि प्रेमप्रसाद पौडेल, विश्व बन्धु भण्डारी, प्रकाशचन्द्र भट्टराई, बसन्ती बास्तोला र नारयण खड्का पुरस्कृत भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।