एमाले तनहुँ जिल्ला अधिवशेनः बन्दसत्रमा प्रतिबेदनहरु पारित, निर्वाचन प्रक्रिया सुरु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २९

दमौलीमा शुक्रबारदेखी सुरु भएको नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार साँझबाट बन्दसत्र सन्चालन भईरहेको छ । शुक्रबार साँझ उद्घाटन समारोह सकिए लगत्तै बन्दसत्र सुरु गरिएको हो ।

बन्दसत्रमा अधिवेशन सम्पन्न गर्नका लागि पोलिट्व्युरो सदस्य टुकराज सिग्देलको अध्यक्षतामा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यहरु भगवती न्यौपाने, सविता रसाईली, गन्डकी प्रदेशका सचिव धनन्जय दवाडी तथा जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहेको अध्यक्ष मन्डल गठन गरिएको थियो ।

साथै जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि हुने निर्वाचन प्रक्रिया सम्पन्न गर्न सात सदस्यिय निर्वाचन समिति मनोनयन गरिएको छ । नेकपा एमाले केन्द्रीय निर्वाचन समितिका अध्यक्ष बिजय सुब्बाले तनहुँ जिल्लाको निर्वाचन सम्पन्न गर्नकोलागि सात जनालाई मनोनयन गरेका हुन् । एमालेका अनुसार प्रमुख निर्वाचन अधिकृतमा पदमलाल लामिछाने तथा निर्वाचन अधिकृतहरुमा विजयकुमार श्रेष्ठ, पुष्प खनाल, सोमकान्त पाौडेल, भगवान त्रिपाठी, विजय खनाल र ज्योतीप्रकाश तिमिल्सिना तोकिएका छन् । उनीहरुलाई निर्वाचन प्रक्रियालाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेबारी तोकिएको छ ।

बन्दसत्रमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानिक प्रतिबेदन तथा उपाध्यक्ष एवं आर्थिक विभागका प्रमुख हरिराज कडेंलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन उपर स्थानीय तह कमिटि र जनबर्गिय तथा मोर्चा संगठनका प्रतिनिधिहरु विच छलफल पश्चात सुझाव प्रस्तुत गरि सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

अधिवेशनको शुक्रबार दिउँसो व्यास नपा–३ देउरालीनगर स्थित आमा समुहको भवनमा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै महासचिव शङ्कर पोख्रेलले नेकपा एमाले देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताए । समाजलाई बदल्ने सङ्कल्प बोकेर पार्टी अगाडि बढेको महासचिव पोख्रेलको भनाई थियो ।

पोखरेलले भने, ‘देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ ।’ आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भने, ‘अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटि सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गन्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उपसभापती देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मदन आले, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक विश्व बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन जिल्ला सचिव राजेश्वर ढकालले र स्वागत उपाध्यक्ष हरिराज कडेंलले गरेका थिए ।

अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा हालका उपाध्यक्ष हरिराज कँडेल र पूर्वप्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देलले उम्मेदबारी दिने तयारी गरेका छन् । निर्वाचनमा दुई वटा प्यानल बन्ने निश्चित जस्तै रहेको छ ।

संस्थापन प्यानलबाट अध्यक्षमा हालका उपाध्यक्ष हरिराज कंडेल, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी तथा खुल्ला उपसचिवमा खिम कुमाल र महिला उपसचिवमा सुनीता नेपालीको उम्मेदबारी दिने भएका छन् भने अर्काे प्यानलबाट अध्यक्षमा विष्णुभक्त सिग्देल, उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोख्रेल र महिला उपसचिवमा बसुन्धरा घर्तीले उम्मेदबारी दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको