दमौली, जेठ ७
नेकपा एमाले तनहुँको हालै सम्पन्न दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा कमिटिका सदस्यहरुको सपथ ग्रहण बुधबार हुने भएको छ ।
निर्वाचनको परिणाम प्राप्त भएलगत्तै जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल र जिल्ला लेखा कमिटिका अध्यक्ष प्रेम प्रसाद पौडेलको सपथ ग्रहण गराईएको थियो । अन्य पदाधिकारी र सदस्यहरुको भने सपथ भएको थिएन ।
सपथ ग्रहण कार्यक्रमको लागि सबै पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरिएको जिल्ला अध्यक्ष कडेंलले बताए । सपथ ग्रहण कार्यक्रममा एमालेका केन्द्रीय पदाधिकारीको उपस्थिती रहने बताइएको छ ।